एमाले संसदीय दलको बैठक शुक्रबार
प्रकाशित:
२०७८, ३१ असार
काठमाडौं, ३१ असार । नेकपा (एमाले) संसदीय दलको बैठक शुृक्रबार बस्ने भएको छ । एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीका अध्यक्षतामा नयाँ बानेश्वरस्थित व्यवस्थापिका– संसद् कक्षमा बैठक बस्न लागेको हो ।
आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
यही असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर आइतबार प्रतिनिधिसभाको बैठकले बोलाउन आदेश दिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार