युरोपमा कार्बनउत्सर्जनमा व्यापक कटौती गर्ने योजना, दर्जनौँ कार्यक्रमसहितको प्रस्ताव
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ असार

काठमाडौं, ३१ असार । जलवायु परिवर्तनलाई घटाउन लागि युरापेली युनियनले २० वर्षे प्रस्ताव तयार पारेको छ । सन् २०५० सम्म कार्बनउत्सर्जनमा व्यापक कटौती गर्ने योजना अनुसार युनियनले दर्जनौँ कार्यक्रमसहितको प्रस्ताव गरेको बीबीसीले जनाएको छ । यो प्रस्ताव युरोपेली युनियनको संसदले पास गरेपछि लागू हुनेछ ।

हवाई इन्धनमा कर लगाउनेदेखि अबको २० वर्षमा डिजेल र पेट्रोलबाट चल्ने कारलाई प्रतिबन्ध लगाउनेसम्मका योजना प्रस्तावमा समेटिएको छ । यस्तै युरोपभरि नवीकरणीय उर्जाको प्रयोग, अनावश्यक र प्रदूषणजन्य उद्योग बन्द, वातावरणमा तापक्रम बढाउने गतिविधिमा कमी लगायतका कार्यक्रम पनि प्रस्तावमा उल्लेख छन् ।

युरोपियन युनियनका प्रमुख उर्सुला भोनदर लेयेनले प्रस्ताव कार्यान्वयनमा आएमा युरोपको मात्रै नभएर संसारकै नागरिकको स्वास्थ्यमा सुधार आउने र अहिलेभन्दा खुसी हुने दाबी गरेको खबरमा उल्लेख छ । यो प्रस्तावले आउँदा कयौँ पुस्ताहरुलाई पनि वातावरण सन्तुलित राख्न प्रेरित गर्ने प्रमुखको भनाइ छ ।

प्रतिक्रिया