माधव नेपालसँग प्रचण्ड र विप्लवको भेटवार्ता
प्रकाशित:
२०७८, ३१ असार

काठमाडौं, ३१ असार । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज एकसाथ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवुकमार नेपालसँग भेटवार्ता गरेका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न प्रचण्ड र नेत्रविक्रम चन्द विप्लव नेता नेपालको निवास कोटेश्वर गएको हो । भेटमा अहिलेको राजनीतिक परिस्थिति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोलाले बताए ।
यसअघि बुधबार पनि विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । तीन बुँदे सहमति गरेर शान्ति प्रक्रियामा आएका विप्लवले भेटघाटलाई तीब्र बनाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
