विश्व

दक्षिण अफ्रिका : हिंसात्मक प्रदर्शनमा ७२ जनाको मृत्यु, १२ सय भन्दा धेरै प्रदर्शनकारी पक्राउ

दक्षिण अफ्रिका, ३० असार । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाको रिहाइको माग गर्दै भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ७२ पुगेको छ । ज्याकोब जुमा निर्दोष रहेको भन्दै उनका समर्थकले विरोध प्रदर्शन गर्दै आएका छन् ।
जुमा जेल चलान भएसँगै सुरु भएको हिंसात्मक प्रदर्शनमा ७२ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । प्रहरीले अहिलेसम्म १२ सय जनाभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
हिंसा भड्कदै गएपछि दक्षिण अफ्रिकामा लुटपाटका घटना समेत बढेका छन् । लुटपाट कायम रहेमा छिट्टै नै अत्यावश्यक सामग्रीको अभाव हुने त्यहाँका अधिकारीहरुले बताएका छन् । हिंसा नियन्त्रणका लागि सेना परिचालन गरिएको छ । तर, पनि हिंसात्मक प्रदर्शन रोकिएको छैन ।
गएको हप्ता जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेसँगै समर्थकले विरोध प्रदर्शन गरिरहेका छन् । जुमामाथि भ्रष्टाचारको आरोप लागेको छ ।

Click to comment
To Top