नवनियुक्त प्रधानमन्त्री देउवाको शपथपछि पहिलो बधाई माधवकुमार नेपालको
अखबार टुडे
प्रकाशित:
२०७८, २९ असार

काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ ग्रहण गरेको हो ।
शपथपछि उद्घोषकले प्रधानमन्त्री देउवालाई सामाजिक दुरी कायम गरेर बधाई दिन भनेका थिए । बधाई दिने पहिलो व्यक्ति बने नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल । माधव नेपालले देउवासँग हात मिलाएरै बधाई दिएको हो ।
त्यसपछि क्रमश नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता तथा सांसदहरुले बधाई दिएका थिए ।
देउवा प्रधानमन्त्री बन्नलाई नेपाल पक्षकै २६ जना सांसदको हस्ताक्षरको सहयोग थियो ।

प्रतिक्रिया