२८ वर्षपछि अर्जेन्टिनालाई ‘कोपा अमेरिका’को उपाधी, एन्जल डि मारिया नायक सावित
अखबार टुडे
प्रकाशित:
२०७८, २७ असार

काठमाडौं, २७ असार । कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान भएको ‘कोपा अमेरिका–२०२१’को उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १–० गोलले पराजित गर्दै अर्जेन्टिना २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।

पछिल्लो पटक अर्जेन्टिनाले १९९३ मा कोपाको उपाधि जितेको थियो । सन् १९९३ पछि मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने क्रममा अर्जेन्टिनाका एन्जल डि मारिया नायक सावित भए ।

मारियाले घरेलु टिम ब्राजिलविरुद्ध खेलको २२ मिनेटमा गोल गरेका थिए । डि पाउलले दिएको लामो पासमा डि मारियाले उत्कृष्ट गोल गर्दा घरेलु टिम स्तब्ध बनेको थियो । ब्राजिलका रेनान लोडीले राम्रोसँग मार्क गर्न नसक्दा डि मारियाले डिबक्स भित्रबाट बललाई गोल पोस्टको दिशा दिए । पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा बराबरी गोल फर्काउन गरेको प्रयास सफल हुन सकेन ।

प्रतिक्रिया