काठमाडौं, २६ असार । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढी पहिरा गएको २५ दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन तथा निरीक्षण गरेका छन् ।
शनिबार हेलिकोप्टरबाट त्यहाँ सिन्धुपाल्चोक हेलम्बु र मेलम्चीको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेपछि अति प्रभावित परिवारलाई सरकारले ५० हजार रुपैयाँका दरले राहत दिने घोषणा गरे ।
असार १ गते आएको बाढी, पहिरोका कारण सिन्धुपाल्चोकका ३२६ परिवार प्रभावित भएका छन् । सुरुमा हेलम्बु गाउँपालिका पुगेका प्रधानमन्त्री ओलीले ती परिवारलाई प्रति परिवार ५० हजार रुपैयाँका दरले राहत दिने घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीसँगै सिन्धुपाल्चोक गएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङका अनुसार उक्त रकम सम्बन्धित गाउँपालिका र नगरपालिकामार्फत वितरण हुनेछ । मन्त्री नेम्वाङले बाढी, डुवान र पहिरो प्रभावितका लागि सरकारले १५ सय बन्डल जस्तापाता सहयोग गर्ने जानकारी दिए ।
प्रधानमन्त्रीले मेलम्ची खानेपानी आयोजना, मेलम्ची नदीमा आएको बाढीले क्षति पु¥याएको क्षेत्र र पहिरोले मेलम्ची नदी थुनिएको क्षेत्रको हेलिकोप्टरबाट अवलोकन गरेका थिए ।