पछिल्लो २४ घण्टामा २१६९ जना संक्रमित, २२ को मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २६ असार

काठमाडौं, २६ असार । शनिबार नेपाल थप २१६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै, सोही अवधिमा २२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण भएकामा २१६९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, यो पछिल्लो २४ घण्टामा १४३२ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना निको हुनेको संख्या ६ लाख १६ हजार ३६१ पुगेको छ भने संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ (पीसीआर) र ४३ हजार ४५ (एन्टिजेन) पुगेको छ । यस्तै हालसम्म मृतकको संख्या ९ हजार ३६२ पुगेको छ ।

प्रतिक्रिया