थप २ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २५ असार

काठमाडौं, २५ असार । पछिल्लो २४ घण्टामा २,२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख ९५ हजार ८८ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । अहिलेसम्म ९ हजार ३४० जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३१६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख १६ हजार नौ सय २९ जना पुगेको छ ।

प्रतिक्रिया