आजदेखि आवश्यक संख्यामा आन्तरिक उडान भर्न सक्ने
प्रकाशित:
२०७८, २५ असार

काठमाडौं, २५ असार । निषेधाज्ञाको दुई महिनापछि आजदेखि आन्तरिक उडान शुरु भएको छ । सरकारले आन्तरिक उडानमा सीमा हटाएसँगै आन्तरिक उडानमा वायुसेवा कम्पनीले आफुलाई आवश्यक संख्यामा उडान गर्न सक्नेछन् ।
देशभर बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध भएको समयमा वायुसेवा कम्पनीले उडान संख्या थप हुनुपर्ने माग गरेका थिए । यसअघि ५० प्रतिशत भनि उडान सीमा तोकिएको थियो ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले दैनिक यति नै संख्यामा उडान गर्ने भनि संख्या नतोकि चाहिने जति संख्या थप गर्न सक्ने अधिकार वायुसेवा कम्पनीलाई दिएको बताए ।
उनका अनुसार उडान अनुमति माग्दा तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नुपर्ने छ । सरकारले १ जुलाईबाट उडान खोल्ने निर्णय गरेपनि ५० प्रतिशत मात्र उडान गर्न दिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
मिरुना भन्छिन्- अध्ययन र काम गर्ने शैलीमा कहीँकतै तालमेलको अभाव छ
मितेरी पुल बाढीले बगाएपछि कैलाश मानसरोवर जान समस्या
मौद्रिक नीति : नीतिगत दर घट्यो (पूर्णपाठ)
युवालाई प्रधानमन्त्रीको आग्रह- २० वर्ष पुगेपछि विवाह गरेर सन्तान उत्पादनमा लाग्नुस्
सुनचाँदी व्यवसायीद्वारा आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने