माओवादी छाडेर एमालेमा क्रियाशील रहेका नेताहरु निर्वाचन आयोगमा
अखबार टुडे
प्रकाशित:
२०७८, २५ असार

काठमाडौं, २५ असार । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा क्रियाशील रहेका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।
नेकपा माओवादीको दल दर्ता खारेजीको माग गर्दै दिएको निवेदनमा आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन मणि थापा, टोपबहादुर रायमाझी, प्रभु साहलगायत नेताहरू आयोग पुगेका हुन् ।
उनीहरुले अस्ति महाधिवेशनसमेत नगरेको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दै कारबाही फिर्ता गर्नुपर्ने माग गर्दै आयोगमा निवेदन दिएका थिए ।
माओवादी केन्द्रले पार्टी परित्याग गरेर नेकपा एमालेमा गएको भन्दै रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लायतलाई कारबाही गरेको थियो ।

प्रतिक्रिया