दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिद्धारा प्रहरी समक्ष आत्मसमर्पण
अखबार टुडे
प्रकाशित:
२०७८, २४ असार

कान्डला, २४ असार (एजेन्सी) । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जाकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । अदालतको मानहानी गरेको अभियोगमा उनलाई अदालतले १५ महिने जेल सजाय तोकेको छ । प्रहरीले पक्राउ गर्न लागेको भन्दै खवर पाएपछि उनले आत्मसमर्पण गरेको जनाइएको छ ।

स्थानीय समय अनुसार बुधवार अबेर उनको आफ्नो निवास नजिकै रहेको जेल पुगेको उनका निकट अधिकारीहरुले जानकारी दिएका छन । उनलाई समय तोकेर आत्मसमर्पण गर्न निर्देशन दिएकोमा समयावधि सकिनै लाग्दा मात्रै पूर्व राष्ट्रपतिले आत्मसमर्पण गरेको हो ।

सन् २०१८ मा आफ्नै दलले पदबाट बाहिरिन बाध्य पारेका ७९ बर्षिय जुमाका अझै पनि हजारौँ समर्थक रहेका छन् । उनका आफै आत्मसमर्पणका लागि गएको विषयलाइ समर्थकहरुले इमान्दारितापुर्वक अदालतको आदेश पालना गरेको रुपमा व्याख्या गरेका छन ।

जुमाकी छोरीले पनि अदालतको आदेश पालनाका लागि आफ्ना पिता जादै गरेको र उनको मनोवल उच्च रहेको सामाजिक सञ्जालमा लेखेकी छन् । उनलाई आफ्नो नौ वर्षे कार्यकालमा भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न केही समय अगाडि दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो । दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो नै पहिलो पटक भएको जानकारहरुले बताएका छन् ।

प्रतिक्रिया