हैटीका राष्ट्रपति मोइसेको घरमै हत्या
अखबार टुडे
प्रकाशित:
२०७८, २३ असार

काठमाडौं, २३ असार । हैटीका राष्ट्रपति जोभेनल मोइसेको हत्या भएको छ । राष्ट्रपति मोइसेको घरमै हत्या भएको बीबीसीले जनाएको छ ।
केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । हत्या कसले ग¥यो भन्ने खुलिसकेको छैन ।
राष्ट्रपति मोइसेकी श्रीमती घाइते भएकी छन् । ५३ वर्षीय मोइसे सन् २०१७ मा हैटीको राष्ट्रपति बनेका थिए । देशमा भ्रष्टाचार बढेको भन्दै सन् २०१८ देखि उनको राजीनामा माग हुँदै आएको थियो ।
गत फेब्रुअरीमा मोइसेको कार्यकाल सकिइसकेको तर उनी असंवैधानिक तरिकाले सत्तामा रहेको भन्दै हजारौं मानिसले सडकमा प्रदर्शन गरेका थिए । केही समयअघि मोइसेले नै आफ्नो हत्या प्रयास भएको तर सुरक्षा अधिकारीहरूले त्यसलाई विफल पारेको बताएका थिए।

प्रतिक्रिया