पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु
प्रकाशित:
२०७८, २३ असार

म्याग्दी, २३ असार । म्याग्दीको मगला गाउँपालिका–५ अर्मनको छिस्बाङमा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको छ ।
पहिरोमा परेर मालिका–६ दरबाङको रातढुङ्गाका २२ वर्षीय गजिन रोका र उनका श्रीमती बिना रोकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
गएरातिको पानीले छिस्बाङ खहरेखोलामा आएको बाढीका कारण पहिरो जाँदा घर बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए ।
राति घरमा सुतिरहेका दम्पती घरसहित पहिरोमा बगेका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
सुडानमा गृहयुद्धका कारण विद्युत् र यातायात सेवा चरम रूपमा प्रभावित
देशमा पश्चिमी तथा स्थानीय वायु प्रभाव, यी पाँच प्रदेशमा वर्षाको सम्भावना
जेठ १५ गते राजावादीको प्रदर्शन, हाई अलर्ट रहन आईजीपीको निर्देशन
नोराको जादुमयी प्रस्तुति, मध्यरातसम्म नाचे दर्शक
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा