विश्व

रूसी विमान दुर्घटना, विमानमा यात्रारत २९ जना सम्पर्कविहीन

मस्को, २२ असार (एजेन्सी), । मङ्गलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
विमानमा छ चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुटिनकले जानकारी गराएको छ । प्रारम्भिक जानकारी अनुसार विमानमा एक बच्चा, छ चालकदलका सदस्य र २२ जना यात्रु थिए ।
रूसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालानाका लागि उडेको विमान कामचात्का क्षेत्रबाट मङ्गलबार अपरान्ह रार्डरसँग सम्पर्क बिच्छेद् भएको रूसी आपतकालीन सेवा मन्त्रालयको प्रमुख महानिर्देशनालयले जानकारी गराएको छ ।
विमानबारे थप जानकारी सङ्कलन भइरहेको रूसी प्रशासनले बताएको छ ।

Click to comment
To Top