निर्वाचन आयोगद्वारा मध्यवधि निर्वाचनको तालिका तयार
प्रकाशित:
२०७८, २१ असार
काठमाडौं, २१ असार । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ अन्तिम चरणमा रहेको बेला निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ ।
निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले सोमबार मतदाता नामावली, दल दर्ता र तथा उम्मेदवारी मनोनयन लगायतका सबै कार्यतालिका औपचारिक रूपमा सार्वजनिक गरेको हो ।
आयोगको बैठकले तयार पारेको तालिकाअनुसार पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा २० गते उम्मेदवारी मनोनयन गर्ने तालिका बनेको छ ।
यस्तै, दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा असोज ३१ गते उम्मेदवारी मनोनयनको तालिका तय भएको छ । सरकारले पहिलो चरणमा कात्तिक २६ र दोस्रो चरणमा मंसिर ३ मा निर्वाचनको मिति तोकेको छ । आयोगले निर्वाचन प्रयोजनका निम्ति दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको समय दिने भएको छ ।
प्रतिक्रिया