सुजिता प्रकरण : आफन्त र स्थानीयवासीद्वारा राजमार्ग अवरुद्ध
अखबार टुडे
प्रकाशित:
२०७८, २१ असार

चितवन, २१ असार । राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयले घटना छानबिनको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
सोमबार प्रहरीले शवलाई अस्पताल लैजान लागेपछि आफन्त र स्थानीयवासीले नाराबाजी गर्दै राजमार्ग अवरुद्ध गराएका हुन् ।
असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि हराएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका थिए ।
तर, प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान नगरेको भन्दै प्रहरीविरुद्ध नारावाजी गर्दै राजमार्ग बन्द गरेका छन् । राजमार्ग क्षेत्र तनावग्रस्त रहेको छ ।
सुजिताको शव आइतबार जंगलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ ।

प्रतिक्रिया