२३ सांसदको हस्ताक्षर फिर्ता गर्न एमालेले दिएको अल्टिमेटम आज सकिँदै
अखबार टुडे
प्रकाशित:
२०७८, २१ असार

काठमाडौं, २१ असार । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेकपा एमालेका नेपालसहित २३ सांसदले गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज सकिँदैछ ।
गएको शुक्रवार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले हस्ताक्षर फिर्ताको लागि आज बेलुकी ५ बजेसम्मको अल्टिमेटम दिएको हो ।
हस्ताक्षर फिर्ता नलिए उनीहरु एमाले नै नरहने अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिएका छन् । तर माधव नेपाल समूहले हस्ताक्षर फिर्ता नगर्ने प्रतिक्रिया दिइसकेको छ ।
ओली र नेपालको अडानका कारण पार्टी एकतालाई टुङ्गोमा पुर्याउने दोस्रो तहका नेताहरुको प्रयास सफल हुन सकेको छैन ।
पार्टी उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने भन्दै दुवैलाई मिलाउन आफू लागिपरेको बताएको छ ।

प्रतिक्रिया