कोटेश्वर वार्ताः संयुक्त वक्तव्य निकाल्न ओली पक्षको आग्रह, नेपालले दिए यस्तो जवाफ
अखबार टुडे
प्रकाशित:
२०७८, २० असार

काठमाडौं, २० असार । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकताको सन्देश दिन बरिष्ठ नेता माधव नेपाल पक्षलाई संयुक्त वक्तव्य निकाल्न आग्रह गरेका छन् ।
आइतबार ओली पक्षका नेताहरुले नेता नेपाललाई भेटेर ओली–नेपालको संयुक्त वक्तव्य निकाल्न प्रस्ताव राखेको हो ।
ओली पक्षका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेलले नेता नेपाललाई यस्तो प्रस्ताव गरेका हुन् । उनीहरु नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।
उक्त प्रस्ताव सुनेपछि नेता नेपालले कार्यदलबाट वक्तव्य ड्राफ्ट पारेर ल्याउन सुझाव दिएका थिए । नेम्वाङ, पौडेल र पोखरेलको साथमा माधव पक्षका नेता घनश्याम भुसालसमेत कोटेश्वरको छलफलमा सहभागी थिए ।
नेता नेपालले पार्टी एकताका लागि निःशर्त जेठ २ फर्कन आफुले राखेको प्रस्तावलाई अध्यक्ष ओलीले वेवास्ता गरेर पार्टी एकता नचाहेको समेत बताएका थिए ।
ओली पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको हस्ताक्षर फिर्ता गरेमात्रै एमाले एकता हुन सक्ने बताएका छन् । नेता नेपाललाई भेटेपछि ओली पक्षका नेता पुनः अध्यक्ष ओलीलाई भेट्न बालुवाटार गएका छन् ।

प्रतिक्रिया