यी हुन् कोरोनाबाट अत्यन्त प्रभावित २० मुलुक (संक्रमित र मृत्यु हुनेको विवरण)
अखबार टुडे
प्रकाशित:
२०७८, १९ असार

बेइजिङ, १९ असार (एजेन्सी) । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा संक्रमितको संख्या १८ करोड ३१ लाख ७८ हजार ५३१ जना रहेका छन् ।

कोरोना सुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ३९ लाख ६५ हजार ७०७ जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयले जुलाई २ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस संक्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् । कोरोनबाट सबैभन्दा प्रभावित अमेरिकामा मात्र तीन करोड ३७ लाख ९ हजार ५५६ संक्रमित भएका छन् भने ६ लाख ५ हजार ५३३ जनाको मृत्यु भएको छ । यस्तै, दोस्रो प्रभावित देश भारतमा हालसम्म तीन करोड ५ लाख २ हजार ३६२ संक्रमित भएका छन् भने यहाँ चार लाख १ हजार ५० जनाले ज्यान गुमाएका छन् ।

यस्तै, कोरोनबाट अति प्रभावित मुलुकमध्ये तेस्रोमा परेको छ, ब्राजिल । जहाँ एक करोड ८६ लाख ८७ हजार ४६९ संक्रमित भएका छन् भने पाँच लाख २१ हजार ९५२ ले ज्यान गुमाए । यस्तै, फ्रान्स हालसम्म ५८ लाख ४२ हजार ६१६ संक्रमित भएका छन् भने यहाँ कोरोनाका कारण एक लाख ११ हजार २९७ जनाले ज्यान गुमाए ।

यस्तै, रुस ५५ लाख १९ हजार ५१६ संक्रमित भएकामा एक लाख ३४ हजार ९८७ जनाले ज्यान गुमाइसकेका छन् । टर्कीमा ५४ लाख ३५ हजार ८३१ जना संक्रमित भएका छन् । यहाँ कोरोनाका कारण ४९ हजार ८२९ जनाको मृत्यु भएको छ ।

यस्तै, युरोपेली मुलकमा बेलायती कोरोनाबाट निकै प्रभावित भएको छ । बेलायतमा हालसम्म ४८ लाख ७१ हजार ८११ जना संक्रमित भएका छन् भने यहाँ एक लाख २८ हजार ४५३ जनाले ज्यान गुमाइसकेका छन् । बेलायतमा अझैपनि संक्रमणको त्रास कायमै छ ।

यस्तै, अर्जेन्टिना ४५ लाख १२ हजार ४३९ जना संक्रमित भएका छन् भने त्यहाँ हालसम्म ९५ हजार ३८२ जनाले ज्यान गुमाएका छन् । कोलोम्बियामा ४२ लाख ९७ हजार ३०२ जना संक्रमित भएका छन् भने एक लाख ७ हजार ७२३ जनाको मृत्यु भएको छ ।

यस्तै, इटालीमा ४२ लाख ६१ हजार ५८२ जना संक्रमित भएका छन् भने एक लाख २७ हजार ६१५ को कोरोनाका कारण मृत्यु भएको छ । स्पेनमा ३८ लाख ३३ हजार ८६८ संक्रमित भएकामा ८० हजार ९११ जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तै, जर्मनीमा हालसम्म ३७ लाख ३७ हजार ६७० जना संक्रमित भएका छन् भने ९१ हजार ३३ जनाको मृत्यु भएको छ । इरानमा ३२ लाख ४१ हजार ३७ जना संक्रमित र मृत्यु ८४ हजार ६२७ जनाको भएको छ ।

यस्तै, पोल्याण्डमा २८ लाख ८० हजार २१५ जना संक्रमित भएका छन् भने ७५ हजार ८३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा २५ लाख ३१ हजार १९२ जना संक्रतिम भएका छन् भने यहाँ हालसम्म कोरोनाबाट दुई लाख ३३ हजार ४२८ जनाले ज्यान गुमाएमा छन् ।

यस्तै, युक्रेनमा हालसम्म २३ लाख ३ हजार ४८५ जना संक्रमित भएका छन् भने ५४ हजार ७३५ जनाको मृत्यु भएको छ । यस्तै, इन्डोनेसियामा हालसम्म २२ लाख ५६ हजार ८५१ जना संक्रमित भइसकेका छन् भने यहाँ ६० हजार २७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै, पेरुमा शुक्रबारसम्म २० लाख ५७ हजार ५५४ जना संक्रमित भएका छन् भने यहाँ एक लाख ९२ हजार ६८७ जनाको मृत्यु भइसकेको छ ।
यस्तै, दक्षिण अफ्रिकामा २० लाख १९ हजार ८२६ जना संक्रमितन भएका छन् भने त्यहाँ ६१ हजार ३३२ जनाको मृत्यु भएको छ । र, नेडरल्याण्डमा १७ लाख १४ हजार ५२४ जना संक्रमित भइसकेका छन् भने १८ हजार ३८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया