रनवीर सिंहको अनौठो फेसन लुक्स भयो भाइरल
प्रकाशित:
२०७८, १९ असार

काठमाडौं, १९ असार । बलिउड अभिनेता रनवीर सिंह हाल अनौठो फेसन लुक्सबाट भाइरल भइरहेका छन् ।

रणवीरले बुधबार इन्स्टाग्राममा पोस्ट गरेका फोटोमा उनी निलो रङको ट्रयाकसुट र सुनको हारमा सजिएका देखिन्छन् । उनले गुच्चीको फोटो सुटमध्येको आफ्नो एउटा फोटो पोस्ट गरेका थिए।उनले खुट्टामा पहेलो रङको मोजा र त्योसँग मिल्ने पहेँलो सिसा भएको चस्मा लगाएका छन् ।

सुरुमा पोस्ट गरेको फोटो भाइरल भएसँगै रनवीरले त्यही पहिरनमा अर्को फोटो पनि इन्स्टाग्राममा पोस्ट गरेका थिए । यो फोटोमा भने उनले थप रातो ह्याट र ट्रेन्च कोट लगाएका छन्। हातमा ज्याकी ब्रान्डको १९६१ को कालो पर्स बोकेको देखिन्छ ।
प्रतिक्रिया
सुडानमा गृहयुद्धका कारण विद्युत् र यातायात सेवा चरम रूपमा प्रभावित
देशमा पश्चिमी तथा स्थानीय वायु प्रभाव, यी पाँच प्रदेशमा वर्षाको सम्भावना
जेठ १५ गते राजावादीको प्रदर्शन, हाई अलर्ट रहन आईजीपीको निर्देशन
नोराको जादुमयी प्रस्तुति, मध्यरातसम्म नाचे दर्शक
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा