अमेरिकामा शक्तिशाली साइबर आक्रमण हुँदा झण्डै दुई सय व्यवसाय प्रभावित
अखबार टुडे
प्रकाशित:
२०७८, १९ असार

काठमाडौं, १९ असार (एजेन्सी) । अमेरिकामा शक्तिशाली साइबर आक्रमण हुँदा झण्डै दुई सय वटा व्यवसाय प्रभावित भएको छ ।
साइबर सुरक्षा कम्पनी हन्ट्रेस ल्याब्सका अनुसार ह्याकरले मायामीमा मुख्यालय रहेको प्रविधि कम्पनी कसेयालाई निशाना बनाएका थिए । त्यसपछि कर्पोरेट सफ्टवेयर प्रणालीबाट र्यानसमवेयर आक्रमण फैलिएको थियो ।
कसेयाले भीएसए नामक आफ्नो प्रविधिमा सम्भावित आक्रमण भएको हुनसक्ने भन्दै त्यसको अनुसन्धान गरिरहेको र आफ्ना ग्राहकहरूलाई सर्भरहरू बन्द गर्न भनेको बीबीसीले उल्लेख गरेको छ ।
रुसबाट भएको फिरौती उठाउने साइबर हमलाकारीको समूह रीभीलले आक्रमण गराएको हुनसक्ने हन्ट्रेस ल्याब्सको दाबी छ । सन् २०१९ मा टेक्सासका स्थानीय सरकारहरूमा भएका सङ्गठित साइबर हमलाहरूका लागि पनि रीभील जिम्मेवार रहेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया