निर्माताको भद्दा म्यासेसका कारण यी अभिनेत्री छाडिन् फिल्म
अखबार टुडे
प्रकाशित:
२०७८, १८ असार

काठमाडौं, १८ असार । बलिउड अभिनेत्री अलंकृता सहायले एक पञ्जाबी फिल्ममा काम नगर्ने निर्णय गरेकी छन् । फिल्म निर्माताले गरेको खराब व्यवहारका कारण उनले फिल्मबाट बाहिरिने निर्णय गरेको बताइएको छ ।

भारतीय मिडिया आएको समाचार अनुसार ‘फुफ्फड’ नामक फिल्ममार्फत अलंकृता पञ्जाबी फिल्ममा डेब्यु गर्ने तयारीमा थिइन् । तर, सुटिङ सुरु नहुँदै निर्माताले गरेका भद्दा र अश्लिल टिप्पणी उनलाई मन परेन र फिल्म छोडिन् ।

भारतीय दैनिक हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै अलंकृताले भनेकी छन्, ‘टिम त राम्रो थियो तर, निर्माता खराब रहेछन् ।’ २७ वर्षीया यी नायिकालाई निर्माताले केही अनाधिकृत प्रस्ताव राखेपछि उनले फिल्म छाडेकी थिइन् ।

खासमा निर्माताले गर्ने म्यासेजदेखि उनी दिक्क थिइन् । ‘ती निर्माताले मलाई यस्तो म्यासेज गरे । मैले आफ्नो स्वाभिमान गुमेको महसुस् गरेँ र फिल्म छाडेँ’ अलंकृताले भनेकी छन् । उनले चर्चामा आउनका लागि नभई खराब मान्छेको संगतै नगर्नु उचित हुने ठानेकीले फिल्म छाडेको बताएकी छन् ।

प्रतिक्रिया