मर्स्याङ्दी नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने पुल भत्कियो, आवतजावतमा समस्या
अखबार टुडे
प्रकाशित:
२०७८, १८ असार

दमौली, १८ असार । केही दिनदेखि परेको अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल भत्किएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट र गोरखा नगरपालिका–१४ जोड्ने झोलुङ्गे पुल बिहीबार राति आएको बाढीले भत्किएपछि आवतजावतमा समस्या भएको छ ।
बाढीले तनहुँतर्फको पुलको केही भाग भत्किएर नदीमा डुबेको छ । आवतजावत बन्द भएपछि तनहुँबाट गोरखातर्फ जानका लागि र गोरखाबाट तनहुँतर्फ आउनका लागि लामो बाटो हिँड्नु पर्ने बाध्यता छ । यही पुल हुँदै गोरखास्थित अकला मन्दिरमा भक्तजन आउने गर्दथे ।

प्रतिक्रिया