काठमाडौं, १८ असार । प्रतिनिधिसभा विघटन मुद्धामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार बहस सुरु भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा सरकारी पक्षबाट बहस सुरु गर्दै वरिष्ठ अधिवक्ता रमेश गुरागाइँले संसद पुर्नस्थापना भएपनि नयाँ सरकार बन्न नसक्ने दाबी गरेका छन् ।
वरिष्ठ अधिवक्ता गुरागाईले संसद पुर्नस्थापना भयो भने पनि सरकार बन्न सक्ने अवस्था नरहेको भन्दै भने, ‘यदि बनेपनि विश्वासको मत पाउन सक्ने अवस्था छैन ।’ उनले यसअघि ५ पुसमा विघटित संसद पुर्नस्थापना भएर पनि नयाँ सरकार दिन बन्न नसकेको उदाहरण दिँदै भने, ‘संसद पुनस्र्थापन नभएपनि चुनाव हुन्छ । चुनाव भयो भने देशले अग्रगामी कोर्स समाउँछ ।’