चीनलाई धम्क्याउन खोज्ने शक्तिसँग तर्सिने छैन् : राष्ट्रपति सि जिनपिङ
अखबार टुडे
प्रकाशित:
२०७८, १८ असार

बेइजिङ, १७ असार (एजेन्सी) । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को स्थापनाको एक सय वर्ष पूरा भएको अवसरमा चीनका राष्ट्रपति एवं (सीपीसी)का महासचिव सि जिनपिङले बेइजिङमा भएको कार्यक्रमलाई सम्बोधन सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा उनले चीन कसैसँग नझुक्ने र कसैको दबाबमा नपर्ने बताएका छन् । यस्तै, चिनियाँ नागरिकलाई कुनै पनि विदेशी तागतले हराउन नसक्ने दाबी गरे । उनले चीनलाई दबाउने दृष्टि राख्नेलाई ठूलो नोक्सानी हुने चेतावनी पनि दिएका छन् ।
राष्ट्रपति सीले चीनलाई दबाउने कोशिस गर्नेले एक अर्ब ४० करोडभन्दा धेरै चिनियाँ नागरिकले तयार पार्ने विशाल फलामे पर्खालसँग टकराउनु पर्ने चेतावनी दिए ।
यस्तै, उहाँहरुले आफूहरु शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्ने भन्दै चीनलाई धम्क्याउन खोज्ने शक्तिसँग नतर्सिने बताएका सञ्चारमाध्यममा जनाइएको छ ।
यस्तै, सीले आफूहरुले कुनै पनि देशलाई दुःख दिने, सताउने या अधीनमा पार्ने काम कहिल्यै नगरेको भन्दै चीन सधै विश्वमा शान्ति कायम राख्ने पक्षमा रहेको बताएको छ ।

प्रतिक्रिया