फेरि मेलम्ची बितण्डाको त्रास (फोटोफिचर)
प्रकाशित:
२०७८, १७ असार
सिन्धुपाल्चोक, १७ असार । निरन्तर बर्षापछि मेलम्ची खोलाको बहाव पुनः बढेको छ । केही दिन अघिमात्र बितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयलाई त्रसित बनाएको छ ।
बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिम बनाएको भन्दै सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तटिय क्षेत्रहरुमा अझै बाढी आउन सक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरेको छ ।
असार १ गते र ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनहरुसमेत अहिलेको बर्षाले कटान गरिरहेको मेलम्ची वडा नं ११ का स्थानीय वासी दशरथ दनुवारले जानकारी दिए ।
खोलाको मात्रा बढिरहेको छ । अस्ति बचेको घर पनि लैजाने भो ज्यान जोगाउन मुस्किल भएको दनुवारले बताए । तस्बिर/रासस
प्रतिक्रिया
सम्बन्धित समाचार