चिनमा कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष मनाउँदै
अखबार टुडे
प्रकाशित:
२०७८, १७ असार

बेइजिङ, १७ असार (एजेन्सी) । चिनियाँ कम्युनिष्ट पार्टीको चीनमा सय बर्ष पूरा भएको छ । कम्युनिस्ट पार्टीको स्थापनाको एक सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपति सि जिनपिङले टियानान्मेनमा जम्मा भएको समूहलाई सम्बोधन गरेका छन् ।

जिनपिङले सम्बोधनको क्रममा समाजवादले मात्र चीनलाई बचाउन सक्ने बताएका छन् । उनले चिनियाँ कम्युनिस्ट पार्टी चीनको विकासको कहानीको केन्द्रमा रहेको बताए । साथै उनले कम्युनिस्ट पार्टीबाट मानिसहरुलाई अलग गर्ने प्रयास असफल हुने बताएका छन् ।

टियानान्मेनमा पार्टीको एक सय वर्षगाँठ मनाउन करीब ७० हजार मानिसहरु उपस्थित भएका थिए । त्यहाँ सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । उनीहरु कसैले पनि मास्क लगाएका थिएनन् ।

बिहीबार बिहान आयोजना गरिएको उक्त कार्यक्रममा फाइटर जेट विमान र युद्धपोतको प्रदर्शन गरिएको थियो भने राष्ट्रवादी गीत बजाइएको थियो । पछिल्लो केही सातायता चीनको कम्युनिस्ट पार्टीले अनुमोदन गरेको चीनको इतिहासलाई बढावा दिने बताइएको छ । कम्युनिस्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो ।

लामो समयको गृहयुद्धपछि कम्युनिष्ट पार्टी ७२ वर्षपछि सत्तामा आएको थियो । त्यसयता चीनमा निकै ठूलो परिवर्तनहरु भएका छन् । यद्यपि अहिले चिनियाँ कम्युनिस्ट पार्टीले अनुमोदन गरेको इतिहासमा भने त्यसमध्येका केही घटनाहरु लुकाइएको छ ।

चीनमा गत अप्रिलयता सिनेमा हलमा साताको दुई दिन चीनको इतिहास समेटिएको फिल्म लगाउन निर्देशन दिइएको छ । यसैबीच चिनियाँ कम्युनिष्ट पार्टीको वर्षगाँठको अवसरमा एक सय टेलिभिजन नाटक यस वर्षभरमा प्रदर्शन हुनेछ ।

चीनको केही स्थानहरु पार्टीको लागि ऐतिहासिक रुपमा निकै महत्वपूर्ण छन् । जसमध्येको एउटा यानान शहरको क्रान्तिको आधार शिवर पनि हो । पछिल्लो समय यो क्षेत्रमा भ्रमण गर्न जाने मानिसको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।

हङकङ चीनलाई हस्तान्तरण गरिएको पनि २४ वर्ष पूरा भएको छ । बेलायतको उपनिवेशबाट मुक्त भएको हङकङ चीनलाई सन् १९९७ मा हस्तान्तण गरिएको थियो । हङकङमा वार्षिक रुपमा हस्तान्तरणको वर्षगाँठको उत्सव मनाइँदै आएको छ । यद्यपि हङकङमा समयसमयमा चीनविरोधी प्रदर्शन हुँदै आएको छ ।

प्रतिक्रिया