इजरायलका विदेशमन्त्री युएइको भ्रमणमा
अखबार टुडे
प्रकाशित:
२०७८, १६ असार


अबुधाबी, १६ असार
। इजरायलका विदेश मन्त्री याइर लापिड औपचारिक भ्रमणका लागि अहिले संयुक्त अरब इमिरेट्स (युएई) मा आएको छ ।
खाडी मुलुक युएईमा इजरायलको तर्फबाट भएको यो पहिलो उच्चस्तरको भ्रमण भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
इजरायली विदेश मन्त्री लापिड मंगलबार युएई आइपुग्नु भएको हो । उनको भ्रमण टोलीमा विदेश मन्त्रालयका महानिर्देशक एलोन उश्पीजसहितका सरकारी उच्च अधिकारीहरु रहेका छन् ।
दुई दिने औपचारिक भ्रमणका क्रममा उहाँले उच्चस्तरीय भेटवार्ता पनि गर्नु हुने विदेश मन्त्रालयले जानकारी दिएको छ ।
भ्रमणका क्रममा उनले युएईको राजधानी अबुधाबीमा स्थापना हुने इजरायली दूतावासको भवनको उद्घाटन समेत गर्नेे भएको छ । दूतावाससँगै दुबईको कन्सुलेट समेत सुरुवात गरिने भएको छ ।
येस अटिड पार्टीका नेता समेत रहेका विदेश मन्त्री लापिड हालको इजरायली गठबन्धनको सरकार बनाउने प्रमुख व्यक्ति समेत हुन् ।
इजरायल र युएईले सन् २०२० को सेप्टेम्बरमा अमेरिकी मध्यस्थतामा सम्बन्ध सामान्यीकरण सम्झौतामा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया