आदिवासी जनजाति आयोग अमेरिकाका प्रमुख संरक्षक वैद्यको सल्लाहकारमा प्रधान नियुक्त
अखबार टुडे
प्रकाशित:
२०७८, १२ असार


काठमाडौं, १२ असार । वरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधान आदिवासी जनजाती आयोग, नेपाल ग्लोबल संयुक्त राज्य अमेरिकाका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्यको सल्लाहकारमा नियुक्त भएका छन् ।

गीतकार, साहित्यकार तथा समाजसेवी समेत रहेका पत्रकार प्रधानलाई शनिवार एक समारोहबीच प्रा.डा.जगदीश वैद्यले आफ्नो सल्लाहकारमा नियुक्त गरेका हुन् ।

झन्दै चार दशक पत्रकारितामा विताइसकेका प्रधान अहिले पनि पत्रकारितामा क्रियाशिल छन् । प्रा.डा.जगदीश वैद्यले पत्रकार प्रधानको योगदान र दक्षतालाई सम्मान गर्दै आफ्नो सल्लाहकारमा नियुक्त गरेको बताए ।

प्रतिक्रिया