संसदीय सुनुवाइविनै संवैधानिक निकायका पदाधिकारी नियुक्ति
अखबार टुडे
प्रकाशित:
२०७८, १० असार

काठमाडौं, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेका छन् । संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइविनै नियुक्त गरिएको हो ।
गत २६ वैशाखमा बसेको संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक आयोगमा २० पदाधिकारी सिफारिस गरेको थियो ।

संवैधानिक परिषदले सिफारिस गरेपछि उनीहरुको संसदीय सुनुवाइ हुने र सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया