स्पेनमा हुने भनिएको त्रिदेशीय क्रिकेट शृङ्खला स्थगित
अखबार टुडे
प्रकाशित:
२०७८, १० असार

काठमाडौं, १० असार । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीच स्पेनमा हुने भनिएको त्रिदेशीय क्रिकेट शृङ्खला स्थगित भएको छ ।
नामिबियामा कोरोना भाइरसको सङ्क्रमणका कारण अवस्था असहज भएपछि शृङ्खला स्थगित गर्नुपरेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जनाएको छ ।
आईसीसीका अनुसार यो शृङ्खला आउँदो २०२२ जुलाईमा हुनेछ । यसअघि आउँदो जुलाई २० देखि ३० सम्म हुने तय भएको थियो । सोही अनुसर नेपाली टोलीले मङ्गलवारदेखि प्रशिक्षणसमेत सुरु गरेको थियो ।
लिग अन्तर्गत नेपाल, ओमान, अमेरिका, नामिबिया, स्कटल्याण्ड, पपुवा न्युगिनी र यूएईले नौ वटा शृङ्खला खेल्ने तालिका थियो । तर नेपालले जम्मा एउटा मात्रै शृङ्खला खेलेको छ ।

प्रतिक्रिया