भ्वाइसबाट बाहिरिएका इशानले ल्याए ‘यो दिलमा’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, ८ असार

काठमाडौं, ८ असार । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को नकआउट राउण्डबाट बाहिरिएका इशान राईको नयाँ गीत ‘यो दिलमा’मा सार्वजनिक भएको छ । उक्त गीतमा वर्षा राईको शब्द र एरेञ्जर तथा संगीत महाराज थापाको रहेको छ ।

चर्चित गायक राजेशपायल राईले भ्वाइसपछि अफिसियल गीत ल्याइदिएपछि अहिले इशान चर्चामा आएका छन् । इशानले यसअघि ‘धरानकी सान्ननी’ बोलको गीत ल्याएका थिए । सार्वजनिक गीतको भिडियोमा सिनेमाटोग्राफी र सम्पादन विशाल राईको रहेको छ ।

प्रतिक्रिया