ओलीको तानाशाह बन्ने महत्वाकांक्षामा सर्वोच्चले लगाम लगाइदियो : अधिवक्ता त्रिपाठी
प्रकाशित:
२०७८, ८ असार

काठमाडौं, ८ असार । मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतको अन्तरिम आदेशपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाह बन्ने महत्वाकांक्षामा सर्वोच्चले लगाम लगाइदिएको संक्षिप्त प्रतिक्रिया दिएका छन् ।
साथै उनले आफूहरूले माग दाबी गरे बमोजिम अन्तरिम आदेश आएको बताउँदै ओलीको तानाशाह बन्ने महत्वाकांक्षामा लगाम लागेकोमा खुसी जनाए ।
‘प्रधानमन्त्री ओलीले संविधानलाई क्षतविक्षेत गर्ने कार्य गर्नु भएको छ । ध्वस्त गर्दै आउनु भएको छ । तर, सर्वोच्च अदालतले आज उहाँको तानाशाही बन्ने, अधिनायकवादी बन्ने महत्वकांक्षामा लगाम लगाइदियो, ध्वस्त गरिदियो ।’ उनले भने ।
प्रतिक्रिया
सम्बन्धित समाचार
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त