स्मार्ट लकडाउन : नीजि सवारी चलाउन दिने तयारी
अखबार टुडे
प्रकाशित:
२०७८, ६ असार

काठमाडौं, ६ असार । मंगलबारदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउन लागिएको छ । निजी सवारी साधनसमेत सञ्चालन गर्न दिने तयारीबारे छलफल अघि बढाइएको छ । यसअघि थपिएको निषेधाज्ञा भोली सकिँदैछ । त्यसअघि आज निषेधाज्ञाबारे नयाँ मोडालिटी तयार गर्न लागिएको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार जोर– बिजोर नभई सवारी नम्बरको अन्तिम अंकका आधारमा यससम्बन्धि निर्णय गर्न लागिएको छ । अन्तिम अंक १ देखि ३ भएकालाई एउटा बार, ४ देखि ७ भएकालाई अर्काे तथा ७ देखि ० सम्मलाई अर्काे बार तोकेर निजी सवारी चलाउन दिने तयारी थालिएको हो । यसअघि सरकारले स्मार्ट लकडाउन गर्ने तयारी गरेको थियो ।

यसका लागि ५ बजे उपत्यकाका तीनै जिल्लाका सिडिओको बैठक बस्दैछ । साथै कपडा पसल, भाँडा पसल पनि खोल्न दिने तयारी छ । अन्य केही व्यवसायलाई समेत खुकुलो बनाउने तयारी भइरहेको छ । सार्वजनिक यातायात भने तत्काल खुल्ने छैन । उपत्यकामा कोरोना संक्रमितको संख्या घटेपछि खुुकलो बनाउन लागिएको हो ।

प्रतिक्रिया