नेतृत्वप्रति बाबुरामको ब्यंग्य, ‘टाउकाको ओखती नाईटामा’
अखबार टुडे
प्रकाशित:
२०७८, ६ असार

काठमाडौं, ६ असार । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई बेला बेला चोटिलो ब्यंग्य गर्छन् । पूर्वप्रधानमन्त्री समेत रहेको भट्टराईले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिक दल भएको भन्दै नेतृत्व नै स्खलन भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा डा. भटराईले आइतबार बिहान ट्विटरमा लेखेका छन्, ‘भनिन्छ, टाउकाको ओखती नाईटामा लगाएर हुन्न । अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति÷दल÷नेतृत्वको स्खलन नै हो ।’ नेता भट्टराईले पार्टी र नेतालाई आमुल परिवर्तन गर्नुपर्ने वा नयाँ बनाउने आँट गर्नुपर्ने बताएका छन् ।

‘कांग्रेस ‘कांग्रेस’नरहनुस, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनुस् समाजवादी ‘समाजवादी’नरहनुस् कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौँ । नत्र समयले कसैलाई पर्खन्न है,’ भट्टराईले लेखेका छन् ।

प्रतिक्रिया