कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ५ असार

काठमाडौं, ५ असार । पछिल्लो २४ घण्टामा नेपालमा २,४०१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कूल ११,६९६ जनाको कोरोना परीक्षण गरिएकोमध्ये १,६८८ जना पीसीआर परीक्षणबाट र ७१३ जना एन्टिजेन विधिबाट परीक्षण गर्दा पहिचान भएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ६ लाख ४५ हजार २०९ पुगेको छ ।
यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया