यार्सा टिप्न गएका ७० जना मनाङको लेकबाट उद्दार
अखबार टुडे
प्रकाशित:
२०७८, ४ असार

फु गाँउ, ४ असार । यार्सागुम्बा संकलन गर्न मनाङको लेक गएकाहरुको उद्दार गरिएको छ । पूर्वसांसद पाल्देन छोपाङ गुरुङको सक्रियतामा यार्सा संकलनमा गएका ७० जनाको हेलिकप्टरद्वारा उद्दार गरि फु गाँउ ल्याइएको छ ।
लेकबाट उनीहरुलाई अल्टिच्युड एयरको हेलिकप्टरले उद्दार गरि फु गाउँ ल्याएको गुरुङले जानकारी दिए । बिहीबारबाट मनाङमै रहेको नेपाली सेनाको हेलिकप्टरले उद्दार गरिएको हो । उद्दार गरि ल्याइएकामध्ये ३ जनाको अवस्था गम्भी रहेको बताइएको छ । अविरल वर्षापछि पहिरोका कारण उनीहरु लेकमै हराइरहेका थिए ।
मनाङको नार्फाभुमी गाउँपालिका वडा नम्बर ५ फु गाउँका स्थानीय वासिन्दा यार्सागुम्बा टिप्न तिब्बतको सिमाना रहेको लेकमा पुगेपछि सम्पर्कविहीन भएको जानकारी आएपछि खोजी कार्य सुरु गरिएको थियो ।

प्रतिक्रिया