सिन्धुपाल्चोकमा बाढीपहिरोको वितण्डा : सातको मृत्यु, उद्दार कार्य जारी
प्रकाशित:
२०७८, २ असार
काठमाडौं, २ असार । सिन्धुपाल्चोकको विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी यो समाचार तयार पार्दासम्म ७ जनाको मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले अहिलेसम्म सात जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार थप मानवीय क्षतिको विवरण आएको छैन ।
मंगलबार साँझ भीषण वर्षापछि मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।
हिंँडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । अझैपनि मेलम्चीमा पानीको बहाव घटेको टैन । त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उनले बताए ।
प्रतिक्रिया
सम्बन्धित समाचार