आत्मघाती आक्रमणमा १५ सैनिकको मृत्यु, २० जनाभन्दा बढी घाइते
अखबार टुडे
प्रकाशित:
२०७८, १ असार

मोगादिशु, १ असार (एजेन्सी) । सोमालियाको राजधानी मोगादिशुस्थित सैनिक तालिम केन्द्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रहरी प्रवक्ता सदिक अलि अडेनले बिस्फोटक पदार्थ राखिएको भेस्ट लगाएका एक आत्मघाती हमलाकारी प्रशिक्षार्थीको भेषमा तालिम केन्द्रमा प्रवेश गरेको जानकारी दिए । शहरको मेडिना जिल्लामा भएको यस आक्रमणको जिम्मेवारी आतंकवादी संगठन अल–कायदासँग नजिक अल–शबाब समूहले लिएको छ ।

यस तालिम केन्द्रमा सोमाली राष्ट्रिय सेनाले नयाँ भर्तीका लागि प्रयोग गरिरहेको छ । घटना लगत्तै सबै मृतक एवं घाइतेलाई मेडिना अस्पतालमा भर्ना गरिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उनीहरुको भनाईमा कम्तीमा १४ जनाको अवस्था निकै नाजूक छ । आफन्तहरु आक्रमणको शिकार भएको आशंकामा सयौं व्यक्ति अस्पताल परिसरमा भेला भएका थिए ।

प्रतिक्रिया