कोरोनाका कारण गत २४ घण्टामा थप ४१ जनाको मृत्यु
प्रकाशित:
२०७८, १ असार
काठमाडौं, १ असार । गत २४ घण्टामा थप २,७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७,४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १,६८१ र ५,८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १,०६४ जना गरी कुल २,७४५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ४१ जनाको मृत्यु भएको छ । आज ४,१८७ संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया