एमालेका ४ सांसदले पार्टीको ह्विप उल्लङ्घन गरेपछि कर्णालीमा नीति तथा कार्यक्रम बहुमतले पारित
प्रकाशित:
२०७८, १ असार

कर्णाली, १ असार । कर्णाली प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेपनि पुनर्बहाली भएका कर्णाली प्रदेशका एमाले सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालले पार्टीको ह्विप उल्लङ्घन गरेपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
नीति तथा कार्यक्रम पारित भएसँग कर्णाली प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । प्रदेश सभामा आजै आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट पेश हुनेछ ।
प्रतिक्रिया
सम्बन्धित समाचार