कोरोना महामारी : आहातलाई राहत बाँड्दै निशान्जय
अखबार टुडे
प्रकाशित:
२०७८, १ असार

काठमाडौं, १ असार । सहरमा निर्दयीमात्र छैनन् । यहाँ यस्ता मनकारी पनि छन्, जो आपत विपत्तमा परेका अशाहय तथा गरिब मजदूर तथा सडक बालकालिकालाई आफ्नै छाक काटेरै भएपनि निषेधाज्ञामा सहयोग गर्दै आएका छन् । कोही भोकै नपरोस् भन्ने ध्येयले कोरोना महमारीबीच उनीहरु राहत तथा खाना वितरण गर्दै आएका छन् ।

यस्तै, एक मनकारी संस्था हो, निशान्जय स्माइल फाउण्डेशन । यो संस्थाले कोरोना संक्रमणका लागि जारी निषेधाज्ञा कारण भोकै भएका सडक बालबालिकादेखि अशाहय तथा एकल महिलासम्मलाई निःशुल्क खाना तथा खाद्यन्न वितरण गर्दै आएको छ । साथै, निषेधाज्ञाका कारण रेष्टुरेण्ट, होटल र पसलहरु बन्द हुँदा सडकमा भोकै भएका कुकुरलाई समेत एक समय खाना खुवाउँदै आएको छ ।

फाउण्डेशनकी निशा महर्जनका अनुसार दैनिक ३० जनालाई फाउण्डेशनले निःशुल्क खाना खुवाउँदै आएको छ । निशा पेसाले फेसन डिजाइनर हुन् । तर, कोरोना महामारीसँगै उनी समाज सेवामा सक्रिय भएकी छन् ।

गत वर्ष कोरोना संक्रमणको पहिलो लहरदेखि नै निशान्जय फाउण्डेशनले लकडाउनका कारण भोकै भएका मजदूर, अशाहय, सडक बालबालिका र दुःख पाएका एकल महिलालाई राहत दिँदै आएको हो ।

पछिल्लो समय नेपालका कोरोनाको दोस्रो लहर फैलिएसँगै त्यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले उपत्यकालगायत देशका अधिंकाश जिल्लामा निषेधाज्ञा तथा लकडाउन जारी गरेको छ । काठमाडौं उपत्यकामा गत बैशाख १६ गते यता निषेधाज्ञा जारी छ ।

यस अवधिमा फाउण्डेशनले पशुपतिनाथ मन्दिर क्षेत्रमा रहेका सडक बालबालिका तथा अशाहयलाई निःशुल्क खाना वितरण गर्दै आएको छ । फाउण्डेशनका सदस्य सञ्जयलाल श्रेष्ठले आफ्नै नीजि खर्चबाट निःशुल्क खाना तथा खाद्यन्न वितरण गर्दै आएकामा अहिले केही व्यक्तिले साथ दिएको बताए ।

उनका अनुसार पछिल्लो निषेधाज्ञामा मात्र ७० भन्दा बढी परिवारलाई दाल, चामल, तरकारीलगायतका खाद्यन्न सहयोग गरिसकेको छ । अहिले पनि दिनै खाद्यन्न चाहियो भन्दै फोन गर्नेहरु बढिरहेको उनले बताए ।

यस्तै, निषेधाज्ञाका कारण भोकै परेका अशाहय तथा सडक बालबालिकाहरु खाना एवं खाद्यन्न सहयोग गर्न चाहने मनकारी भएका निशान्जय फाउण्डेशनमार्फत सहयोग गर्न सक्ने अध्यक्ष निशा महर्जनले बताइन् । त्यसका लागि फाउण्डेशनको नाममा रहेको बैंक खातामार्फत सहयोग गर्न सक्नेछन् ।

Account name : Nisanjay Smile Foundation

Bank name : Sunrise Bank  Account Number : 0140662930701001

Address : Chabahil Gopi krishna kathmandu Swift code : SRBLNPKA

प्रतिक्रिया