क्यान्सरपीडित विष्णुकुमारलाई सिंगक समाज हङकङको पहलमा सहयोग
अखबार टुडे
प्रकाशित:
२०७८, १ असार

काठमाडौं । क्यान्सरपीडित विष्णुुकुमार सिंगकको उपचारार्थ ‘सिंगक समाज हङकङ’को पहलमा विभिन्न सहयोगी व्यक्तित्वहरुबाट हङकङ डलर २२ हजार ४७४ (नेपाली तीन लाख ५० हजार ६२५ रुपैयाँ) संकलन भएको छ ।

उक्त सहयोग रकम विमारीलाई हस्तान्तरण गरिएको याक्थुङ सिंगक फाउण्डेशनकी अध्यक्ष मीना सिंगकले बताइन् ।

तेह्रथुम फेदाप–३ जलजले निवासी ६३ वर्षीय बिष्णुकुमार हाल भक्तपुर क्यान्सर हस्पिटलमा उपचाररत छ्न । हाल क्यान्सरसँग जुधिरहेका विष्णुकुमारले किमो थेरापी गर्दै आएका छन् ।

प्रत्येक किमो थेरापीमा ६५ हजार रुपैयाँ लाग्ने गरेको उनले बताए । उक्त रकम विष्णुकुमारको सामार्थमा छैन । त्यसैले उनको उपचारका लागि परिवारबाट सहयोगको अपिल गरिएको छ ।

विष्णुकुमारलाई सहयोग गर्ने मनकारीहरुको सूचि

सुमन मेयाङवो, बिष्णु चोङवाङ, झपट गुरुङ, सुरज गुरुङ, दुर्गा सामेखाम, अनुशा गुरुङ, मनु कन्दङ्वा, सनम गुरुङ, हेमु राई, डम्बरकुमारी आले, नम्यो राई, चन्द्रमणी योञ्जन, देब गुरूङ, चन्द्रकला खापुङ, तुलहाङ ईजम, याम नाल्बो र अरुण यक्सो रहेका छन् ।

त्यस्तै, सुर्य लावती, केबी अधिकारी, प्रेम राना, टंक नाल्बो, एकराज मेयाङ्बो, एनजी होई तोङ, श्याम ईङ्नाम, माया खापुङ, बरध्वज ओख्राबो, लिलिश कन्दङ्वा, तुलसी नाल्बो, सिंघाली ओमा पोमु, हुसेन थापा, दिनेश थेबे, बिजय जिमी, सुरज राई, विरेन राई, मिवाराजा तुम्वाहाङफे, हेमराज अन्छङबो, दिवाना सिंगक, डम्बरकुमारी सिंगक, प्रितिमाया सिंगक, नन्दकुमारी सिंगक र रमला सिंगकले पनि विष्णुकुमारको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

यस्तै, मीना सिंगक, सामयोक सिंगक, कमला सिंगक, तेज सिंगक, फाङ्जोङ् सिंगक, दोर्ण निङ्लेखु, हिम सिंगक, सूर्य सिंगक, शुक्रराज सिंगक, ललिता हुक्पाचोङवाङ, कुमारी लिम्बु, उत्तम सिंगक, नानीचन्द्र सिंगक र रमेश सिंगक रहेका छन् ।

प्रतिक्रिया