बहराइनले नेपाली नागरिकलाई तत्काल नयाँ ‘वर्क परमिट’ नदिने
प्रकाशित:
२०७८, ३१ जेष्ठ
काठमाडौं, ३१जेष्ठ। कोरोना सङ्क्रमण रोकथामका लागि भन्दै बहराइनले नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश र भियतनामका नागरिकलाई तत्काललाई नयाँ वर्क परमिट नदिने जनाएको छ ।
बहराइनले तत्काललाई नेपालसहित अन्य ‘रेड लिस्ट’मा रहेका देशबाट श्रमिक नलिने भएको हो ।
कोरोना भाइरसको सङ्क्रमण बढेपछि बहराइनले नेपाललाई २४ मेदेखि ‘रेड लिस्ट’मा राखेको थियो भने भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशलाई पनि बहराइनले ‘रेड लिस्ट’मा राखेको थियो । कोरोना सङ्क्रमण घटेसँगै बहराइनले फेरि अर्को सूचना जारी गर्ने जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार