‘निगमले बनाएको प्रतिष्ठा पुनःप्राप्तिका लागि सामुहिक प्रयास आवश्यकता’
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ जेष्ठ

काठमाडौं, ३१ जेठ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले निगमसँग भएका विमानहरुको पूर्ण उपयोग गरी नाफामूलक अवस्थामा पु¥याउन आग्रह गरेका छन् ।

नेपाल वायुसेवा निगमले उनको स्वागतमा सोमबार आयोजना कार्यक्रममा दक्षता र योग्यताको आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनःप्राप्ति गर्न सामुहिक प्रयासको आवश्यकता औल्याए ।

निगमले कोरोनाको महामारीमा पनि आफ्नो जिम्मेवारी सक्षमता साथ पुरा गरेकोमा सन्तोष व्यक्त गर्दै अझ दरिलो कार्ययोजनासहित अघि बढन तत्कालै योजना बनाउन र गुमेको बजार पुन प्राप्त गर्न ठोस कार्यको आवश्यकता औल्याए । उनले निगम नाफामूलक मात्र होइन, सेवामूलक भएको भन्ने अवधारणासहित अगाडि बढन सल्लाह दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री यादव कोइरालाले नयाँ परिप्रेक्ष्यमा निगमलाई ठोस कार्ययोजना सहित अगािड बढाउनुपर्ने आवश्यकता औल्याए ।

उनले निगमलाई परम्परागत ढंगमा अगाडि बढाउन नसकिने यथार्थलाई अंगीकार गर्र्दै नयाँ मोडेलमा परिवर्तन गरी प्रगति तर्फ लैजान सम्वन्धित क्षेत्रको भूमिका उल्लेखनीय रहने बताए ।
संस्थालाई कसरी नयाँ मोडेलमा लैजाने भन्ने कुरामा विभिन्न विकल्प बारे अध्ययन गर्नुपर्ने बताए । निगमका लागि अगाडि भएका प्रयास पर्याप्त नभएको अनुभव बताउँदै वर्तमान महाप्रवन्धकबाट संस्थालाई कसरी अगाडि बढाउने भन्नेमा व्यावहारिक प्रयास भैराखेको जानकारी गराए ।

महाप्रवन्धक डिमप्रसाद पौडेलले विगतका गतिविधिहरुबारे प्रकाश पार्दै भविष्यका कार्ययोजनाबारे विस्तृत रुपमा अवगत गराए । निगमलाई तत्काल अन्तर्राष्ट्रिय विमान कम्पनी बनाउन नसकिए पनि क्षेत्रिय कम्पनीको रुपमा सक्रिय र सक्षम बनाउन निगम परिवार सकारात्मक रुपमा लागि परेको उल्लेख गरे ।

सो अवसरमा महाप्रवन्धक पौडेलले यात्रुहरुको लागि विश्वको झण्डै आधा जनसंख्या भएको भारत र चीन राम्रो बजार रहेको र बैदशिक रोजगारीमा जानेहरु पनि पर्याप्त मात्रामा भएकोले निगमले क्षेत्रिय विमान कम्पनीकै रुपमा पनि लगानीको राम्रो प्रतिफल लिन सक्ने धारणा व्यक्त गरे ।

उनले एयरबसहरुको उडान घण्टाको उपयोग अन्तर्राष्ट्रियस्तरमै राख्न सकिएकोमा सन्तोष व्यक्त गर्दै भविष्यमा प्रयोगमा आउने भैरहवा र पोखराको विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ्ग सेवा वापतको राजश्वमा ५ वर्षका लागि छुट गराउन र सरकारी कर्मचारीले अन्तर्राष्ट्रिय उडानमा निगमको विमान प्रयोग गर्नु पर्ने प्रावधान राख्न पनि अनुरोध गरे ।

प्रतिक्रिया