काठमाडौं, ३१ जेष्ठ । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापाको पद खारेज गरीदिएको छ ।
राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको भ्याकेटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको आदेश रद्द गरेको हो ।
यसअघि थापालाई पार्टीको हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा प्रदेशसभा सदस्य थापालाई पदमुक्त गरेको थियो । तर, थापाले वैशाख १२ मा जारी निर्देशन मतदानका लागि भएको र २७ जेठको मतदान, मुख्यमन्त्रीको राजीनामाका कारण हुन नसकेकाले नयाँ सरकार गठनको पक्षमा पुरानो हृवीप नलाग्ने दाबी गर्दै सर्वोच्च अदालतमा रिट हालेका थिए । उनको रिटमा २३ जेठमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको थियो ।