फागुनदेखि तलब नपाएपछि नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ जेष्ठ

काठमाडौं, ३१ जेष्ठ । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलित भएका छन् ।
कोरोना महामारीको बेला निरन्तर सेवामा खटिएका नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीले चार महिनादेखि तलब नभएको भन्दै आन्दोलन थालेका हुन् ।
कर्मचारीले सोमबार बिहान प्रशासन शाखामा भेला भएर नियमित तलब, कोभिडको जोखिम भत्ता लगायत तत्काल प्रदान गर्न माग गर्दै प्रर्दशन गरेका छन् । फागुन महिनादेखि तलब भत्ता नपाएपछि आन्दोलित हुनुपरेको कर्मचारी बताएका छन् ।
असार २ गतेभित्र व्यवस्थापन पक्षले तलब भत्ता लगायतका माग पूरा नगरे कानुनी प्रक्रिया पूरा गरेर चरणबद्ध आन्दोलन गर्ने कर्मचारी चेतवनी दिएका छन् ।

प्रतिक्रिया