पूर्व प्रधानमन्त्री खनाल आकस्मिक कक्षमा भर्ना
प्रकाशित:
२०७८, ३१ जेष्ठ
काठमाडौं, ३१ जेष्ठ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकालेका बरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएका छन् ।
विगत चार÷पाँच दिनदेखि ज्वरो आइरहेको र निमोनिया समेत ठिक नभएकाले उनको आज बिहान उपचारका लागि नर्भिक अस्पताल गएको हो ।
खनाललाई आकस्मिक कक्षमा भर्ना गरी उपचार थालिएको नर्भिक अस्पतालले जनाएको छ । खनाल यसअघि कोरोनामुक्त भएपछि अस्तालबाट घर गएर आराम गरिरहेका थिए ।
प्रतिक्रिया