जसपाको दुवै पक्षको कारबाही कानुनसम्मत छैन : निर्वाचन आयोग
प्रकाशित:
२०७८, ३० जेष्ठ
काठमाडौं, ३० जेष्ठ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को दुवै पक्षको कारबाहीलाई अस्वीकार गरेको छ । दुवै पक्षले गरेको कारबाही कानुनसम्मत नदेखिएको ठहरसहित आयोगले पुरानै पदाधिकारी कायम रहने निर्णय गरेको हो ।
आयोगले कारबाहीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिक गर्न नमिलेको बताउँदै राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २५ को उपनियम (६०) बमोजिम सो दलको पदाधिकारीको विवरण साविककै कायम रहेकोले प्रस्तुत निर्णयको जानकारी दलका दुवै अध्यक्षलाई दिने निर्णय गरेको हो ।
उपेन्द्र यादव पक्षले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई कारबाही गरेका थिए । ठाकुरले उपेन्द्र यादवलाई कारबाही गर्दै आयोगमा दल दर्ताको किताब सच्याउन पत्र पठाएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार